कार्यालयको संक्षिप्त परिचय:

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२।०६।०९ गतेको निर्णयानुसार शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरूको पुनःसंरचना गरी गोरखा, लमजुङ र मनाङ जिल्लालाई कार्यक्षेत्र तोकी साविक संघीय आयोजना कार्यान्वयन इकाई, कास्कीबाट छुट्ट्याई सघन शहरी तथा भवन निर्माण आयोजना, गोरखाको स्थापना भएको हो । स्थापना पश्चात् उक्त तीन जिल्ला: गोरखा, लमजुङ र मनाङ अन्तर्गतका वार्षिक स्वीकृत कार्यक्रम तथा आयोजनाहरू यस कार्यालयमार्फत कार्यान्वयन हुँदै आएका छन् ।

व्यवस्थित शहरी विकास तथा सुरक्षित आवास निर्माण लगायत विभिन्न सरकारी पूर्वाधार निर्माण गर्ने मुख्य उद्देश्य अनुरुप नेपाल सरकारबाट स्वीकृत भवन निर्माण संहिता, सघन शहरी विकास, एकीकृत शहरी पूर्वाधार विकास, बस्ती विकास, पुन:निर्माण, आवास व्यवस्था, शहरी सडक सुरक्षा तथा मर्मत कार्यक्रमहरुलाई सम्बन्धित प्रदेश तथा स्थानीय सरकार र सरोकारवालासँग आवश्यक समन्वय गरी कार्यान्वयन गर्नु यस कार्यालयको मुख्य कार्य रहेको छ ।